०८ साउन २०८३, शुक्रबार

नक्कली पार्टपुर्जाको कारोबार गर्नेलाई खोज्दै प्रहरी र प्रशासन

नक्कली पार्टपुर्जाको कारोबार गर्नेलाई खोज्दै प्रहरी र प्रशासन

विभिन्न नाकाबाट अवैध रूपमा गाडीका नक्कली पार्टपुर्जाहरू भित्र्याइएको भन्दै टाटा मोटर्स प्रालिले सरकारको ध्यानाकर्षण गराएको छ। 

टाटाका अवैध पार्टसहरूको कारोबार गर्ने विभिन्न व्यक्ति र सञ्चालकहरूलाई सम्बन्धित निकायमा उपस्थित गराई उप्रान्त यस्ता कार्यमा संलग्न नहुन सचेत गराइएको जनाइएको छ। 

त्यसरी अवैध पार्टस् कारोबार गर्नेहरूमा जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक विनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्य तथा पूर्वी तराईका जिल्लाहरूमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जिवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका  सञ्चालक ध्रुव सिङ चौहानलगायत रहेका टाटा मोटर्सले जानकारी दिएको छ। 

सुराकीका आधारमा प्रहरी र स्थानीय प्रशासनको सहकार्यमा यस प्रकारका अवैध कारोबार गर्ने व्यक्तिहरूको खोजी कार्य जारी भइरहेको जनाएको छ ।

यस्ता पार्टपुर्जाको प्रयोगले गाडीहरू अप्रत्याशित दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ ।

साथै वैधानिक रूपमा कारोबार गर्ने व्यवसायीहरू पनि प्रत्यक्ष रूपमा प्रभावित भई व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्