
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालय आफूले लिनेबारे हल्ला भए पनि निर्णय भइनसकेको बताएका छन् ।
मन्त्रीका रुपमा तीन महिने प्रगतिविवरण सार्वजनिक गर्दै उनले गृहमन्त्रालय सरुवा हुनेबारे निर्णय नभइसकेको बताएका हुन् ।
‘सरकारको समीकरण फेरिएकोबारे सबै जानकार नै हुनुहहुन्छ । मन्त्रिपरिषले पूर्णता पाइसकेको छैन’ श्रेष्ठले भने, ‘तर म आफैं गृहमन्त्रालयको नेतृत्वमा जानेबारे हल्ला भएका छन् तर हल्ला जस्तो निर्णय भइसकेको छैन ।’
श्रेष्ठ १० पुसमै गृहमन्त्रालयमा जान उत्सुक थिए । तर गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पुगे । परराष्ट्र मन्त्रालय पनि एमालेले लियो । यी मन्त्रालय फुत्किएपछि श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय लिएका थिए ।