
भारतीय कांग्रेसले योजनाबद्ध रूपमा नेता राहुल गान्धीलाई फसाइएको ठहर गरेको छ ।
‘मोदी’ थरको अपमान गरेको आरोपमा अदालतले गान्धीलाई २ वर्ष जेल सजाय सुनाएको छ । यसको विरोधमा कांग्रेसले देशभर विरोध प्रदर्शन गरिरहेको छ ।
कांग्रेस नेता पी चिदम्बरमले षड्यन्त्र अनुरूप अदालतको फैसला आएको बताए । उनले भने, ‘मानहानी मुद्दामा २ वर्ष जेल सजाय अधिकतम फैसला हो, हालसम्म २ वर्ष जेल नै कसैलाई भएको छैन तर यो केशमा मात्रै भयो ।’
अधिकतम २ वर्ष जेल सजाय गरिँदा गान्धीको सांसद पद समेत गुमेको छ । उनी ६ वर्षसम्म सांसद पदमा उम्मेदवार समेत हुन पाउने छैनन् ।
उनले कानूनी लडाइँ सर्वाेच्च अदालतसम्म पुग्ने बताए । गान्धीलाई माथिल्लो अदालतबाट न्याय मिल्ने आशा उनले व्यक्त गरेका छन् ।