०८ साउन २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई भेट्न नेकपा एसका शीर्ष नेता बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न नेकपा एसका शीर्ष नेता बालुवाटारमा

सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न नेकपा एकीकृत समाजवादीका (नेकपा एस) शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । 

नेकपा एसका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, घनश्याम भुसाल र प्रकाश ज्वाला बालुवाटार पुगेका हुन् । 

नेकपा एसले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ । तर गृह माओवादीले राख्ने भएपछि भौतिक पूर्वाधारसहित तीन मन्त्रालयमा नेकपा एसले दाबी गरिरहेको छ । 

गृहमै दाबी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो नपाए भौतिक पूर्वाधारमा नै इच्छा गरिरहेको छ । यही बेला प्रधानमन्त्रीलाई दबाब बढाउन नेकपा एसका शीर्ष नेता बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्रीले नेकपा एसलाई २ मन्त्रालय दिने गरी प्रस्ताव तयार गरेका छन् । तर उनीहरूको दाबी ३ वटा मन्त्रालयमा रहँदै आएको छ । 

आजै ४ बजे बालुवाटारमा सत्ता गठबन्धनको बैठक पनि बस्दैछ । यही बैठकले सरकार विस्तारलाई टुंगो लगाउने बालुवाटार स्रोतले जनाकारी दिएको छ। 

नेकपा एसले प्रदेश सरकारमा पनि सम्मानजनक हिस्सा पाउनुपर्ने माग गरिरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्