
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन् ।
आरजुनिकट स्रोतका अनुसार उनी आमाको उपचारका लागि त्यसतर्फ गएकी हुन्।
‘उहाँको (आमाको) अपरेशन गर्नुपर्ने भएकोले दिल्ली जाानुभएको हो’, स्रोतले भन्यो, ‘एक हप्ता बसेर फर्किने तयारी छ ।’
आरजुकी आमा प्रतिभा राणा हुन् । राप्रपा नेता एवं जापानका लागि पूर्वराजदूत पनि हुन् ।
आरजुको यसैपटक मन्त्री हुने चर्चा थियो । तर उनी एक हप्ता भारतमा बस्ने तयारी भएको हुँदा यसपटक मन्त्री बन्ने सम्भावना कम रहेको बताइन्छ ।
आमाको उपचारबाहेक राजनीतिक भेटघाटको कुनै कार्यक्रम नभएको बताइएको छ।
आरजु यसअघि पनि पटकपटक दिल्ली धाउँदै आएकी छन् । नेपालमा सरकार परिवर्तन, विस्तारसहित राजनीतिक उतारचढावबीच हुने यस्ता भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्ने गरिन्छ ।