१३ असार २०८३, शनिबार

बोकालाई संगिनी सुई लगाएपछि गाउँपालिकाले दियो चेतावनी

बोकालाई संगिनी सुई लगाएपछि गाउँपालिकाले दियो चेतावनी

बोकालाई  संगिनी सुई लगाएको खबर सञ्चारमाध्यममा आएपछि गुल्मीको धुर्कोटा गाउँपालिकाले हिजो (सोमबार) सूचना निकालेर सचेत गराएको छ ।

गाउँपालिकाका १ नम्बर वडा नयाँ गाउँ र वडा नम्बर ७ को बाग्लामा बोकाहरूलाई गर्भनिरोधका लागि महिलालाई लगाइने तीन महिने सुई लगाइएको थियो। 

गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृतले निकालेको सूचनामा आइन्दा यसरी सुई नलगाउन भनिएको छ।

गाउँपालिकाको पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताले बोकालाई ३ महिने सुई लगाएको थियो। 

आगामी दिनमा यसरी सुई लगाए कानुनबमोजिम सजाय हुनेसमेत सूचनामा भनिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्