३१ जेठ २०८३, आइतबार
पुनः नामकरणको संघर्ष

पहिचानवादीको आन्दोलनका कारण विराटनगर तनावग्रस्त, प्रहरीसँग झडप

पहिचानवादीको आन्दोलनका कारण विराटनगर तनावग्रस्त, प्रहरीसँग झडप

कोशी प्रदेशको नामकरणको विरोधमा लगातार पदर्शन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा पुनः आन्दोलन चर्कfएको छ।

यस क्रममा आज मंगलबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।

झडपपछि प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ।  साथै पानीको फोहोरा हानेर आन्दोलन दबाउन प्रहरीले प्रयास गरेको छ। 

प्रदर्शनकारीले सांसदरहरूविरुद्ध नाराबाजीसहित जुत्ता प्रहार गर्न थालेपछि झडपको स्थिति बनेको हो। 

विराटनगरको बिग होटेलमा ​सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला भइरहेको छ। 

उक्त होटलअगाडि प्रदर्शनकारीहरूले नाराबाजीसहित निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो। 

पुनः नामंकन संघर्ष समितिले प्रदेशको नाम नसच्याए आन्दोलन गर्ने चेतावनी दिइरहेको छ। यस क्रममा एक जना पहिचानवादीको मृत्युसमेत भइसकेको छ। 

salt training

कमेन्ट गर्नुहोस्