२८ असार २०८३, आइतबार
'कोशी' विरोधमा प्रदर्शन

भड्कियो पहिचानवादीको आन्दोलन, विराटनगरमा प्रदेश सांसद बसेको होटल तोडफोड

भड्कियो पहिचानवादीको आन्दोलन, विराटनगरमा प्रदेश सांसद बसेको होटल तोडफोड

कोशी प्रदेशको नामकरणको विरोधमा लगातार पदर्शन गर्दै आइरहेको प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरमा पुनः आन्दोलन चर्कfएको छ।

यस क्रममा आज मंगलबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।

झडपका क्रममा आन्दोलनकारीहरूले प्रदेश सांसद बसेको होटलमा ढुंगामुढा गरेका छन्। यस क्रममा होटलमा क्षति पुगेको छ। 

झडपपछि प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको छ।  साथै पानीको फोहोरा हानेर आन्दोलन दबाउन प्रहरीले प्रयास गरेको छ। 

प्रदर्शनकारीले सांसदरहरूविरुद्ध नाराबाजीसहित जुत्ता प्रहार गर्न थालेपछि झडपको स्थिति बनेको हो। 

विराटनगरको बिग होटेलमा ​सांसदहरूको दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला भइरहेको छ। 

उक्त होटलअगाडि प्रदर्शनकारीहरूले नाराबाजीसहित निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो। 

salt training

कमेन्ट गर्नुहोस्