२४ असार २०८३, बुधबार

प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा तल राख्नु संविधानविपरीत - शेखर कोइराला

प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा तल राख्नु संविधानविपरीत - शेखर कोइराला
फाइल तस्वीर

कांग्रेस नेता डा शेखर कोइरालाले मर्यादा क्रममा प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा तल राख्नु संविधानविपरीत रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै कोइरालाले अन्य संविधानले पनि प्रधानन्यायाधीशलाई माथि राखेको, लोकतान्त्रिक मुलुकमा पनि प्रधानन्यायाधीश मर्यादाक्रम माथि हुने विधेयक सच्याउन उनले माग गरेका हुन् ।

‘मर्यादाक्रममा प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्षभन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधानविपरीत छ । संविधानको धारा २८४ ले प्रधान न्यायधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ’, उनले भनेका छन्, ‘अन्य लोकतान्त्रिक मुलुकहरूमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरुप छ। स्मरण रहोसः संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समितिअन्तर्गत राख्ने प्रस्ताव राखेको थियो । तर नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरुप भयो ।’

salt training

कमेन्ट गर्नुहोस्