
तिब्बतले नडगमगाइकन राष्ट्रिय सुरक्षाको जगेर्ना गर्ने, पृथक्तावादविरुद्धको लडाइँ चर्काउने अनि सामाजिक सुशासनको क्षमतालाई आधुनिक बनाउने त्यहाँका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
सिन्ह्वा समाचार संस्थामा छापिएको खबरमा उल्लेख भएअनुसार, ६४ वर्षअघि तिब्बतलाई दासत्वबाट मुक्त गरिएको दिनको सम्झनामा गरेको सम्बोधनमा यान जिनहाईले यो कुरा बताएका हुन् ।
सन् १९५९ को मार्च २८ मा तिब्बतीहरूले शुरू गरेको लोकतान्त्रिक सुधारका कारण उक्त क्षेत्रको सामन्तवादी दासत्वप्रथा अन्त्य भएको थियो । त्यसक्रममा लाखौं दासहरू मुक्त भएका थिए ।
सन् २००९ मा त्यहाँको क्षेत्रीय विधायिकाले मार्च २८ लाई दास मुक्ति दिवसका रूपमा मनाउने निर्णय लिएको थियो ।
तिब्बतमा देखिएका परिवर्तनहरूले चीनको सुधार तथा विकासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको यानले बताए । चीनको आधुनिकीकरण मात्र बलियो देश बनाउने तथा राष्ट्रिय पुनरुत्थानलाई अघि बढाउने एक मात्र सही विकल्प भएको उनको भनाइ छ ।