
सरकार विस्तार गर्न मन्त्रालय भागबन्डा गर्न बसेको सत्तारुढ गठबन्धन शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ।
प्रधानमन्त्री निवासमा बसेको बैठकले कुनै सहमति गर्न नसकेको हो । अब अर्को बैठक बुधबार बिहान बस्ने गरी नेताहरू उठेका छन् ।
अब सत्तारुढ दलको बैठक बुधबार बिहान ९ बजेलाई डाकिएको छ ।
यो बैठकबाट सरकारमा मन्त्रालय बाँडफाँट प्रयास गर्ने तयारी दलहरूको छ ।