०७ साउन २०८३, बिहीबार

मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छ : नेता खनाल

मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छ : नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । 

आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाएका हुन् । उनले भने, “तपाईँहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ ।”

नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताए। यसैगरी उनले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राखे । 

salt training

कमेन्ट गर्नुहोस्