१२ साउन २०८३, मंगलबार

गठबन्धनमा बैठकमा कुन दलले मागे कति मन्त्रालय ?

गठबन्धनमा बैठकमा कुन दलले मागे कति मन्त्रालय ?

सत्ता गठबन्धनको बैठकमा माओवादीबाहेकका दलहरुले मन्त्रालयमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा मन्त्रालयको भागबण्डाबारे छलफल हुँदा कांग्रेसले ९ मन्त्रालयमा आफ्नो दाबी पेश गरेको हो । 

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले ३ र जसपाले पनि सोही संख्यामा मन्त्रालयमा दाबी पेश गरेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार लोसपाले समेत दुई मन्त्रालयमा दाबी गरेको छ । अन्य साझेदार साना दल भने एक मन्त्रालयमा चुपचाप देखिन्छन् । 

बैठकमा मन्त्रालयको भागबण्डाबारे छलफल भएपनि सहमति जुट्न नसकेपछि बुधबारका लागि अर्को बैठक तय गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम् साझा कार्यक्रम पनि प्रस्तुत गरेका थिए । 

बुधबार बिहान ९ बजे बस्ने भनिएको बैठकमा समग्र विषयमा छलफल गरेर अघि बढिने नेताहरुको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्