१२ असार २०८३, शुक्रबार

कतारकी राजकुमारीले लिइन् प्याराग्लाइडिङको तालिम

कतारकी राजकुमारीले लिइन् प्याराग्लाइडिङको तालिम

 कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भीरकोट  नगरपालिका–५, महापुरबाट प्याराग्लाइडिङको तालिम लिएकी छन् ।  अन्नपूर्ण प्रथम हिमाल आरोहण मौसमले प्रभावित  भएसँगै  जिल्लाको  सुरक्षा  निकायले  समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भीरकोट नगरपालिका–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिएको खबर गोरखापत्रमा छापिएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलेसँगै पोखराको  प्याराग्लाइडिङ  उडान  रोकिरहँदा  उच्चस्तरकी  पाहुना  अल्थानीले  चैत  ५  देखि  ९ गतेसम्म भीरकोटमा प्याराग्लाइडिङ तालिम लिएर उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल  स्कुल’  भीरकोटले  सार्वजनिक  गरेसँगै सार्वजनिक भएको समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्