१४ असार २०८३, आइतबार

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने

लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ ।

नेपाल पत्रकार महासंघले आफ्नो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते  २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

बिहीवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानूनहरूका विषयमा बृहत् बहस र छलफल गरिने बताए ।

सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत सहभागी हुनेछन् ।

सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । सम्मेलनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । १६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरि गर्ने कार्यक्रम छ ।

परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्