३२ असार २०८३, बिहीबार

अमेरिकी राजनीतिकर्मीहरूको विभाजनका कारण युक्रेन युद्धमा असर पर्ने जेलेन्स्कीको डर

चैत १५, २०७९
अमेरिकी राजनीतिकर्मीहरूको विभाजनका कारण युक्रेन युद्धमा असर पर्ने जेलेन्स्कीको डर

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा अमेरिकी राजनीतिकर्मीहरूको विभाजनका कारण युक्रेन युद्धमा नकारात्मक असर पर्ने आशंका व्यक्त गरेका छन् । 

उनले भने, ‘हामीलाई उनीहरूले सहयोग गर्न छाडे भने हामी यो युद्ध जित्दैनौं भन्ने कुरा अमेरिकालाई थाहा छ ।’

अमेरिका तथा पश्चिम युरोपबाट प्राप्त सैनय सहयोगका कारण युक्रेनले युद्धमा थोरबहुत सफलता पाइरहेको हो । 

तर वाशिङटनले युक्रेनलाई अर्बौं डलर बराबरको सहयोग दिइरहन नहुने भनी पूर्व राष्ट्रपति तथा सन् २०२४ को चुनाव लड्न खोजेको डोनल्ड ट्रम्पले बताइरहेका छन् । 

ट्रम्पका प्रतिस्पर्धी रिपब्लिकन पार्टीकै रोन डिसान्टिसले पनि रुससँगको भूभागीय विवादमा रहेको युक्रेनलाई प्रतिरक्षा गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाको प्राथमिकतामा नपर्ने बताएका छन् । उनको यो भनाइमाथि रिपब्लिकन पार्टीबाटै आलोचना भएपछि उनले त्यसलाई पछि फिर्ता लिएका थिए । 

सन् २०२४ को निर्वाचनमा ट्रम्प वा डिसान्टिस निर्वाचित भएमा जेलेन्स्कीले उनीहरूसँग सम्पर्क गर्नुपर्ने हुन्छ र त्यो उनका लागि असहज स्थिति हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्