०६ साउन २०८३, बुधबार

चीनसँग कुराकानी गर्न अमेरिका व्यग्र

चैत १५, २०७९
चीनसँग कुराकानी गर्न अमेरिका व्यग्र

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले चीनका शीर्ष कूटनीतिकर्मी वाङ यीसँग कुराकानी गरेको शुक्रवार ब्लूमबर्ग सञ्चारमाध्यमले खबर दिएको छ । 

संसारका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध निकै चिसिएको बेलामा चीनसँग कुराकानी गर्न अमेरिका व्यग्र छ । 

ताइवानकी राष्ट्रपति त्साई इङ–वन अमेरिकाको बाटो हुँदै मध्य अमेरिका जान लागेको बेलामा सलिभानको फोन कल चीन पुगेको हो । दुई देशको सम्बन्ध चिसिएकाले सलिभान र वाङबीचको फोनवार्ता सार्वजनिक नगरिएको हो । 

यस विषयमा ह्वाइट हाउस र अमेरिकास्थित चिनियाँ दूतावासले टिप्पणी गरेका छैनन् । यस विषयको खुलासा गर्ने अमेरिकी अधिकारीहरूले आफ्नो नाम खुलाउन चाहेनन् । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी चिनपिङसँग फोनमा कुरा गर्न चाहेको भए पनि चीन त्यसमा इच्छुक नरहेको बताइएको छ । त्यस फोनकललाई सम्भव बनाउनका लागि सलिभानले वाङसँग कुराकानी गर्न खोजेको हुन सक्ने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्