१४ असार २०८३, आइतबार

कार दुर्घटनामा एकको मृत्यु

कार दुर्घटनामा एकको मृत्यु

पाँचथरको फिदिममा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । यसैगरी ४ जना घाइते छन् । शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुई सय मिटर तल खसेर कार दुर्घटना भएको हो ।

दुर्घटनामा झापा बिर्तामोड नगरपालिका-४ नमुना टोल निवासी १८ वर्षीय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ४० वर्षीय सिता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीय मिना भुजेल गम्भीर घाइते भएका छन्। १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको लागि बिर्तामोड अस्पतालमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्