ट्विटरका नयाँ मालिक इलोन मस्कले अप्रिल १ अर्थात आजदेखि सित्तैमा पाइँदै आएको ब्लु टिक हटाउन लागेका छन् ।
पैसा तिर्ने प्रयोगकर्ताले मात्र लिगेसी चेक मार्क अर्थात् ब्लु टिक पाउने मस्कको भनाइ छ । सित्तैमा ब्लु टिक पाउनेहरू भ्रष्ट भएको भनी केही दिनअघि मस्कले बयान दिएका थिए ।
उनले ट्विटर ब्लु सबस्क्रिप्शन ल्याएका छन् जुन पैसा तिरेर पाइन्छ ।
ब्लु टिक भएकाहरूले लामो पोस्ट गर्न पाउँछन् अनि ट्वीटलाई एडिट गर्न पनि पाउँछन् ।