
झापाका मुस्लिम युवाहरूले रामनवमीको हिन्दु धर्मावलम्बीलाई पानी खुवाएका छन् । एक आपसमा सद् भाव बाँड्दै सडकमा रथ यात्रा गरिरहेका युवाहरूलाई पानी खुवाएको झापाका युवा अमीर खानले बताए ।
‘हाम्रो देशमा राम्रो सद्भाव छ । यहाँ कुनै पनि धर्मले कुनै धर्मलाई भेदभाव गर्दै भन्ने हो,’ खानले भने ।
मुस्लिम युवाहरूले झापाको विर्तामोडमा रथ यात्रामा रहेका सयौं युवाहरूलाई पानी खुवाएर सद्भाव बाँडेका थिए ।
