२५ जेठ २०८३, सोमबार

क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन

कात्तिक २०, २०७४
क्रान्तिकारीको नयाँ नेतृत्वका लागि आज निर्वाचन
काठमाडौँ, १४ भदौ -नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।anil ranjit

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कीर्तिपुरस्थित त्रिवि सभाहलमा निर्वाचन हुने निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । क्रान्तिकारीमा पहिलो पटक नेतृत्वका लागि निर्वाचन हुन लागेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ चुनावी मैदानमा छन् । ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति निर्वाचनले चयन गर्नेछ । निर्वाचनमा दुई हजार १५ मतदाता सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्