×

NMB BANK
NIC ASIA

एन्फाको आकस्मिक बैठक

एन्फाका ४ निर्णय : खेलाडीलाई पुरस्कारदेखि फिफासँग बजेट माग्नेसम्म

चैत १८, २०७९

NTC
Premier Steels

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कारदेखि फिफासँग बजेट माग्नेलगायतका ४ बुँदे निर्णय गरेको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको आकस्मिक कार्यसमिति बैठकले फुटबलसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको हो । 

Muktinath Bank

अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले  दशरथ रंगशालामा शुक्रबार सम्पन्न प्रधानमन्त्री त्रिदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।  साथै विजयी हुने नेपाली राष्ट्रिय फुटबल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै विभिन्न शीर्षकमा फिफासँग बजेट माग गर्ने निर्णय पनि भएको सुरेश शाहले जानकारी दिए । उनका अनुसार शहिद स्मारक बी डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई रु १४ लाख ५० हजार र बी डिभिजन लिग संचालनका लागि ३ करोड ९३ लाख १,८१३ बजेट पारित गर्दै सोहीअनुसारको रकम माग गर्ने निर्णय भएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै जिल्ला लिग संचालनका लागि प्रत्येक जिल्लालाई प्रदान गरिने रकम पनि माग भएको छ । जसअनुसार जिल्लाको कार्यालय संचालन गर्नलाई २ लाख रुपैयाँ दिने निर्णय भएको छ । 
यस्तै जिल्लाको फुटबल सामाग्रीहरुका लागि रु १ लाख दिने निर्णय भएको छ । 

Vianet communication

यस्तै ए, बी, सि डिभिजन लिग, महिला लिग र जिल्ला लिग लगायत प्रतियोगिता खर्चका लागि संघले प्राप्त गर्ने अनुदानको शीर्षकबाट रकम निकासा गर्न एएफसि र फिफासँग अनुरोध गर्ने निर्णय पनि भएको छ । 

यस्तै प्रधानमन्त्री त्रिदेशिय फुटबल प्रतियोगिताको पुरस्कार स्वरुप प्राप्त हुने ९,५०० अमेरिकी डलर र नेपाली राष्ट्रिय टोलीको बसोबास खर्च राष्ट्रिय खेलकुद परिषद्सँग माग गर्ने निर्णय पनि भएको शाहले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x