०९ साउन २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । खाना पकाउने ग्यासको मूल्य समेत ९६ रुपैयाँ घटेर आएको छ । 

हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ । आन्तरिक बजारमा यसअनुसार समायोजन गर्ने या नगर्ने भन्नेबारे बोर्ड बैठकले निर्णय गर्ने निगम स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्