
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए ।
बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटनमा नेता केसीले नयाँ शक्ति उदय हुनुको कारण दलप्रतिको वितृष्णा जागेको बताए ।
उनले विज्ञहरुको सुझावका आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शङ्का नरहेको सो क्रममा उनले बताए ।