
नेकपा (एमाले)ले देशको वर्तमान आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
आज पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले देशको वर्तमान आर्थिक सङ्कट र मिटरब्याजपीडित नागरिकका समस्या सम्बन्धमा छलफल गर्दै ती समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको एमालेका महासचिव शङ्कर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले मौद्रिक तरलताको सङ्कट समाधानका लागि ठोस पहल गर्न, बैंक, वित्तीय संस्था र लघुवित्तहरूको ब्याजदर घटाउन, त्यसलाई बाञ्छित सीमाभित्र कायम राख्नसमेत सरकारसँग माग गरेको छ ।