१४ असार २०८३, आइतबार

जीप दुर्घटनामा १ जनाको मृत्यु, ७ यात्रु घाइते

जीप दुर्घटनामा १ जनाको मृत्यु, ७ यात्रु घाइते
प्रतिकात्मक तस्वीर

रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट) मा बा१६च ३८२५ नम्बरको बलेरो जीप दुर्घटना हँुदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । 

शनिवार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी–७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

उनका अनुसार जीप सडकबाट करीब ४०० मिटर तल खसेको थियो । 
 
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । जीप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं जाँदै गरेको थियो । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्