×

NMB BANK
NIC ASIA

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

चैत १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

२ दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ । 

Muktinath Bank

बाली भित्र्याउने समयमा शुक्रवार चलेको हावाहुरी र शनिवारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।’


Advertisment
Nabil box
Kumari

कोटहीमाई–३ का सफिक अन्सारीले बुधवार र बिहीवार २ दिन काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजेको छ । ‘खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ,’ उनले भने, ‘दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौं ।’

Vianet communication
Laxmi Bank

कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले ५ प्रतिशत गहुँ मात्र भित्र्याएका बताए । उनले भने, ‘हावारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना छ ।

अहिलेको वर्षाले किसान धेरै चिन्तित बनेको उनको भनाइ छ । ‘यसरी कृषिबाली नष्ट भइरहँदा किसानलाई आपत्कालीन राहत र क्षतिपूर्तिको व्यवस्था छैन,’ उनले भने, ‘जल तथा मैसम विज्ञान विभागले बेमौसमी अवस्थाबारे कृषकलाई पूर्व सूचना गरेको भए क्षति केही न्यूनीकरण सकिन्थ्यो कि ?’

कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कानु बनियाँका अनुसार बेमौसमी वर्षात्, हावाहुरी र असिनाले यस वर्ष अनुमानित ४ प्रतिशतसम्म उत्पादन घट््न सक्ने सम्भावना छ । अहिलेसम्म रुपन्देहीमा करीब १० प्रतिशत गहुँ मात्र किसानले भित्र्याउन सकेको उनले बताए ।

उनले भने, ‘वर्षा र हावाहुरीले खेतमा लडेको र भिजेको गहुँ अधिकांश कालो भएर बिग्रिने सम्भावना रहेको छ ।’ खेतमा ढलेको गहुँ कम्बाइन मशिनबाट काट्न समस्या हुने भएकाले गहुँ भित्र्याउने कार्य समेत खर्चिलो भएको उनको भनाइ छ ।
 
उनले भने, ‘पानीले भिजिसकेको गहुँ सुक्खा गहुँभन्दा कम क्षमताको हुन्छ र भिजेको गहुँ धेरै दिन भण्डार गर्दा बिग्रिएर जान्छ ।’ बेमौसमी पानीले भिजेको गहुँको वा नष्ट भएको गहुँको निश्चित तथ्यांक विभिन्न पालिकासँग समनव्य गरी संकलन गरिरहेको उनले बताए ।

यस वर्ष रूपन्देही जिल्लामा २६ हजार ७०२ हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ । प्रवक्ता बनियाँले भने, ‘सिँचाइ र उन्नत बीउबिजन समेतको प्रयोगले यस वर्ष उत्पादकत्व बढ्ने आकलन भइरहँदा वर्षाले केही बिगारेको छ ।’ गत वर्ष २६ हजार ६८० हेक्टर जमिनमा गहुँखेती भएको र कुल उत्पादन १ लाख २ हजार २५० मेट्रिक टन भएको उनले बताए । – रामविकास चौधरी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x