१० साउन २०८३, आइतबार

मिटरब्याजी पीडितलाई भेट्न स्वास्थ्यकर्मीको टोलीसहित पुगे गृहमन्त्री श्रेष्ठ

मिटरब्याजी पीडितलाई भेट्न स्वास्थ्यकर्मीको टोलीसहित पुगे गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याजी पीडितलाई भेट्न स्वास्थ्यकर्मीको टोलीसहित पुगेका छन् ।

बर्दिवासबाट हेटौंडा हुँदै पैदलै काठमाडौं आएका मिटरब्याजी पीडितहरूले झण्डै एक सातादेखि राजधानीको सडकमा दिनरात गुजारिरहेका छन् ।

सडकमा बस्दा चिसो र धूलोधूवाँका कारण अधिकांश बिरामी समेत परेका छन् ।

सोही कारण उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ स्वास्थ्यकर्मीको टोली समेत लिएर आइतवार उनीहरूलाई भेट्न पुगेका हुन् ।

श्रेष्ठले शुक्रवार मात्र गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्