१० साउन २०८३, आइतबार

२०७९ अघिका चुनावमा बागी उम्मेदवार बनेका कांग्रेस कार्यकर्ताको कारवाही फुकुवा

२०७९ अघिका चुनावमा बागी उम्मेदवार बनेका कांग्रेस कार्यकर्ताको कारवाही फुकुवा

नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरेर बारा, चितवन र तनहुमा २०७९ सालअघि पार्टीविरुद्ध बागी उम्मेदवारी दिएका नेता/कार्यकर्ताको कारवाही फुकुवा गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले तीन जिल्लाका कार्यकर्ताको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो । 

बैठकपछि कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले २०७९ भन्दा पहिलेको चुनावमा स्वतन्त्र उम्मेदवार भएका नेता कार्यकर्तालाई पुरानै क्रियाशील सदस्यता सक्रिय पार्ने निर्णय भएको जानकारी दिए ।

उपनिर्वाचनमा उनीहरूले गरेको कामलाई हेरेर भविष्यमा पार्टीको जिम्मेवारी दिने पनि निर्णय कांग्रेसले गरेको छ । 

कांग्रेसले बारा २ मा जसपाका उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्