२७ असार २०८३, शनिबार
संसद्‍मा प्रधानमन्त्रीलाई प्रश्न

सांसद निशा डाँगीले सोधिन्- प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आयात भएको हो ?

सांसद निशा डाँगीले सोधिन्- प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आयात भएको हो ?
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद, सिंहदरवार र शीतलनिवासलाई आत्मनिर्भर क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्न माग गरेकी छन् ।

आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा डाँगीले दाँत कोट्याउने टुथपिनदेखि ट्वाइलेट पेपरसम्म आयात गर्नुपर्ने अवस्था आएको भन्दै संसदलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने बताएकी हुन् । 

‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आएको हो ? कुर्सीका लागि झगडा हुने प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आएको हो ?’ डागीले भनिन्, ‘संसद, सिंहदवार र शीतलनिवासलाई आतमनिर्भर घोषणा गरौँ । यहाँ चाहिने माइक, कमल कापी प्रयोग गरौँ ।’

salt training

कमेन्ट गर्नुहोस्