०८ असार २०८३, सोमबार

विश्व अटिजम सचेतना दिवसमा वाकाथन र सभा

विश्व अटिजम सचेतना दिवसमा वाकाथन र सभा

नियो हेल्थ क्लिनिक, नियो चाइल्ड केयर सेन्टर, नेसनल हेल्थ केयर फाउन्डेसन र सेन्टर फर अटिजमको संयुक्त आयोजनामा विश्व अटिजम सचेतना दिवस वाकाथन र सभा मनाइएको छ।

वाकाथन माइतीघरमण्डलबाट शुरू भई नेपाल मेडिकल एसोसिएसनको भवनमा गई सभामा समापन भएको थियो । 

अटिजम स्पेक्ट्रम डिसअर्डर (ASD)  बारे चेतना जगाउन हरेक वर्ष अप्रिल २ मा विश्व अटिजम जागरूकता दिवस मनाइन्छ।

यो दिन विश्वभरका व्यक्ति, संस्था र समुदायका लागि अटिजमको बुझाइ बढाउन, अटिजम भएका व्यक्तिहरूको अद्वितीय शक्तिलाई मनाउने र उनीहरूको अधिकारको वकालत गर्ने अवसर हो।

कार्यक्रममा करिब २७० जना सहभागी थिए र विभिन्न विद्यालय, केन्द्र, क्लिनिक र संस्थाका प्रतिनिधिहरू थिए। माइतीघरबाट शुरू वाकाथन नेपाल चिकित्सक संघमा सभामा सम्पन्न भएको थियो ।

अटिजम भएका बालबालिकाहरू प्रति एकता र ऐक्यबद्धता देखाउन 'समुदायमा समावेशीकरण' नारासहित वाकाथन आयोजना गरिएको थियो । सहभागीहरूले अटिजमसम्बन्धी सचेतना र सहयोगको सन्देशसहित रंगीन प्लेकार्ड बोकेर पूर्वनिर्धारित बाटोमा हिँडेका थिए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि डा रवीन्द्र, निष्ठा श्रेष्ठ,  नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सन्जीव, डब्लुएचओ वाट डा मधुर, वरिष्ठ पिडियाट्रिसियन डा अरुण न्यौपाने, नियो चाइल्ड केयर सेन्टरका अध्यक्ष हरि कुँवर र सेन्टर फर अटिजमका अध्यक्ष ललिता प्रसाईले मन्तवाय राखेका थिए। 

अतिथिहरूले दक्ष जनशक्ति विकासको महत्त्व र समुदायमा जनचेतनाबारे कुरा गरेका थिए। अतिथिहरूले महान कार्यको लागि समर्थन र प्रोत्साहनको सन्देश दिएका थिए।

कार्यक्रमको सुरुवातमा  नियो चाइल्ड केयर सेन्टरका कार्यकारी निर्देशक समिद कतिला श्रेष्ठले अटिजमका अवसर र चुनौती, वर्तमान अवस्था र नेपालमा सेवा प्रदायकको अवस्थाबारे जानकारी गराएका थिए। 

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्