
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा १ जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ७० डिटी ६०५५ नम्बरको ट्यांकर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो ।
ट्यांकरमा सवार २ जना घाइते भएका छन् । घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का १ जना रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का १ जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनका अनुसार दुर्घटना सोमवार बिहान ६ बजे भएको हो । ट्यांकर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको छ ।