२९ असार २०८३, सोमबार

मकडोनल्ड्सले निकाल्ने भयो कर्मचारी

चैत २०, २०७९
मकडोनल्ड्सले निकाल्ने भयो कर्मचारी

विश्वव्यापी ब्रान्ड मकडोनल्ड्सले यो हप्ता अमेरिकाका कार्यालयहरू अस्थायी रूपमा बन्द गर्न लागेको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । 

कम्पनीले पुनःसंरचना गर्न लागेकाले कर्मचारी कटौती गर्न लागिएको सूचना प्रवाहित गर्न खोजेको छ । 

गत साता अमेरिकी तथा केही विदेशी कर्मचारीलाई पठाएको आन्तरिक ईमेलमा मकडोनल्ड्सले सोमवारदेखि बुधवारसम्म घरैमा बसेर काम गर्न भनेको छ । कर्मचारी कटौतीसम्बन्धी निर्णय भर्चुअल माध्यमबाट दिने मकडोनल्ड्सको तयारी छ । 

कतिजना कर्मचारी हटाउन लागिएको हो भन्ने कुरा निश्चित छैन ।

कर्मचारीहरूलाई भेन्डर तथा अन्य पक्षसँग व्यक्तिगत भेटघाट नगर्न पनि मकडोनल्ड्सले निर्देशन दिएको छ । 

गत जनवरी महिनामै फास्टफूड कम्पनी मकडोनल्ड्सले कर्पोरेट कर्मचारीहरूका विषयमा समीक्षा गर्ने बताएको थियो । अद्यावधिक व्यापार रणनीतिअन्तर्गत कम्पनीका कुनै क्षेत्रमा कर्मचारी कटौती गर्ने अनि कतै बढाउने सम्भावना रहेको बताइएको छ । 

सोमवारबाटै मकडोनल्ड्सले महत्त्वपूर्ण निर्णयहरू गर्न थाल्ने अपेक्षा छ । 
 

salt training

कमेन्ट गर्नुहोस्