फिनल्यान्डमा आइतवार भएको आमनिर्वाचनमा प्रधानमन्त्री सान्ना मारिनको सोसल डेमोक्रेट्स पार्टी पराजित भएको छ ।
नेशनल कोएलिशन निर्वाचनमा पहिलो भएको छ । उक्त दलले २०.८ प्रतिशत भोट शेयर पाएको छ । पार्टीका अध्यक्ष पेट्टेरी ओर्पोले आफ्नो दललाई विजेता घोषणा गरेका छन् ।
दोस्रो स्थानमा दक्षिणपन्थी लोकरञ्जनवादी दल फिन्स पार्टी छ । त्यसले कीर्तिमान २०.१ प्रतिशत भोट ल्यायो ।
मारिनको दलले पहिलेको निर्वाचभन्दा बढी सीट ल्याएको भए पनि १९.९ प्रतिशत भोटका साथ तेस्रो स्थानमा रह्यो ।
यी तीनै दलले सीट संख्या बढाउँदा मध्यम आकारका दलहरूको सीट घटेको छ ।
निर्वाचनमा ७१.९ प्रतिशत भोट खसेको थियो ।
मारिनको दल पराजित भए पनि गठबन्धन सरकारमा जाने सम्भावना कायम छ । तर उनी प्रधानमन्त्री बन्ने सम्भावना चाहिँ छैन ।