०८ असार २०८३, सोमबार

कांग्रेसका बागी पौडेलको समर्थन रविलाई

कांग्रेसका बागी पौडेलको समर्थन रविलाई

कांग्रेसमा विद्रोह गरेर चर्चामा आएका चितवनका जगन्नाथ पौडेलले चितवन २ काे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने भएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले देशको निकास र विकासका लागि स्वतन्त्रका रविलाई आफ्नो समर्थन रहेको प्रष्ट्याएका हुन् । 

‘चितवनमा सबैको हात बाँध्ने काम भएको छ । तर म त स्वतन्त्रता चाहने व्यक्ति हुँ । जीवनको लामो समय आन्दोनलमै बिताएको छु’  उनले भनेका छन्, ‘अब हामीसँग समयको सुविधा छैन । छोटो समयमा परिवर्तन गरेर अगाडि बढ्नुपर्ने छ । यसको लागि केही गर्छु भन्ने हुटहुटी, उर्जा र क्षमता भएको व्यक्ति आवश्यक छ । यस्तो उर्जा स्वतन्त्र पार्टीसँग भएकोले मेरो पनि उहाँहरूलाई समर्थन छ ।’

पौडेलले ४ मंसिरको निर्वाचनमा चितवनबाट स्वतन्त्र उम्मेदवारी दिँदा चितवन ३ बाट ३७३ भोट ल्याएका थिए । 

त्यसअघि स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रतिस्पर्धा गर्दा भने पौडेलले १४ हजार ७२८ मत ल्याएका थिए । मेयरमा विजयी बनेकी माओवादीकी रेणु दाहालले ५२ हजार ३० र पराजित एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका थिए । 

कांग्रेसले टिकट नदिएपछि विद्रोह गर्दै चितवन कांग्रेसको पुराना नेता पौडेलले उम्मेदवारी दिएका थिए । 

१० वैशाखमा हुने उपनिर्वाचनमा चितवन २ मा रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने प्रतिस्पर्धामा उत्रिँदैछन् । 

salt training

कमेन्ट गर्नुहोस्