अमेरिकी अन्तरिक्ष नियोग नासाले आणविक ऊर्जाबाट चल्ने रकेट इन्जिन बनाएको छ ।
मानिसलाई कम समयमा मंगल ग्रह पुर्याउनका लागि यो रकेटले सहयोग गर्नेछ । यसबाट मंगल ग्रह पुग्न बढीमा ५० दिन लाग्छ जबकि अहिले कम्तीमा ११ महिना लाग्ने गरेको छ ।
चन्द्रमामा मात्र मानिस पुग्न सकेका छ । अन्य ग्रहमा उसले पाइला टेक्न पाएको छैन ।
अर्को ग्रहमा पुग्नका लागि रकेट भएर मात्र पुग्दैन । लामो समयसम्म चल्न सक्ने इन्जिन उक्त रकेटमा हुनु जरूरी छ ।
त्यसैले आणविक इन्धनबाट चल्ने रकेट बनाइएको हो । त्यससँगै लाइफ सपोर्ट सिस्टम, रेडिएशन शील्डिङ, पावर यान्ड प्रोपल्शन सिस्टम पनि आवश्यक पर्छ ।
रकेड उडाउनका लागि त्यसको प्रोपल्शन सिस्टम आवश्यक हुन्छ । त्यस सिस्टमलाई आणविक ऊर्जा प्राप्त भएमा त्यसले लामो समयको उडान गर्न सक्छ । त्यसैले नासाले बाइमोडल न्युक्लीयर थर्मल रकेटमा काम शुरू गरेको छ ।