
नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालले तनहुँ १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन् ।
देशभरका ३ वटा क्षेत्रमा वैशाख २० गते उपनिर्वाचन हुँदै छन्। तनुहँ १ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि यो क्षेत्र रिक्त भएको हो।
यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार छन् भने रास्वपाबाट भर्खरै कांग्रेस छाडेका स्वर्णिम वाग्ले उम्मेदवार छन्।
निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको दर्ताको समय तोकेको छ ।