०६ साउन २०८३, बुधबार

सेना राष्ट्रिय सुरक्षाको आधारशीला– प्रधानसेनापति शर्मा

सेना राष्ट्रिय सुरक्षाको आधारशीला– प्रधानसेनापति शर्मा

प्रधान सेनापति प्रभुराम शर्माले सुसंगठित सेना नै राष्ट्रिय सुरक्षाको आधारशीला भएको बताएका छन् ।

महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतना हेडक्वाटर्रमा भूतपूर्व सैनिक सम्मेलनको सोमवार उद्घाटन गर्दै उनले सेना बलियो भएमा मुलुकको राष्ट्रिय सुरक्षा र हितको संरक्षण हुने बताए ।

प्रधान सेनापति शर्माले नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे ।

विकास निर्माण र पर्यावरण संरक्षण गर्नु समेत सेनाको दायित्व भएको उनको भनाइ थियो ।

प्रधान सेनापति शर्माले भने, 'हामी कमजोर हुनु भनेको राष्ट्रिय सुरक्षा र हितलाई खलल पुर्‍याउने तत्व सलबलाउनु हो । तसर्थ, नेपाली सेना यस विषयमा सदैव सजग र सतर्क रहिआएको छ ।'

समयानुकूल आफूलाई तयार गरेर मुलुकको आवश्यकता अनुसार परिचालित हुन हरहमेसा सेना तत्पर रहेको उनको भनाइ थियो ।

'समर्पण भाव, चेन अफ कमान्ड तथा एकता नै सेनाको शक्ति हो', यी कुरालाई सधैं सबैले स्मरण गरेर अघि बढ्नुपर्ने प्रधान सेनापति शर्माले उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्