×

NMB BANK
NIC ASIA

रामकृष्ण ढकालको गीत ‘नदी’ सार्वजनिक

‘नचाउने गीत पनि गर्छु, यो सुन्दा आनन्द आउने मेलोडियस गीत हो’

चैत २०, २०७९

NTC
Premier Steels

गायक रामकृष्ण ढकालको स्वरमा ‘नदी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

Muktinath Bank

सोमवार राजधानीमा एक कार्यक्रमकाबीच भिडियोसहित उक्त मेलोडियस गीत सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, पूर्व प्रधान सेनापति प्रज्ज्वल शमशेर जंगबहादुर राणा, सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्मा, सचिव शोभना पौड्याल लगायतका अतिथिहरूको उपस्थितिमा निर्माण टिमद्वारा गीत लोकार्पण गरिएको हो । 


Advertisment
Nabil box
Kumari

सिन्धु राणाको शब्द, हरि लम्सालको संगीत रहेको यो गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् ।

Vianet communication

सागर ज्ञवालीको निर्देशनमा तयार भिडियोमा गायक रामकृष्ण स्वयंम फिचर्ड छन् भने उनका साथमा नव–मोडल पुनम भुषालको अभिनय छ । 

कार्यक्रममा भिडियो हेरेपश्चात गीतकार आनन्द अधिकारीले ‘नदी’ शब्द, संगीत र स्वरमा ‘म्याच’ भएको गीत भएको बताए । 

‘हिजोआज धेरै गीतमा शब्द एकातिर हुन्छ, संगीत अर्कोतिर । यसमा शब्द, संगीत, गायन म्याच भएको पाएँ’ अधिकारीले भने, ‘यसको भिडियो पनि सीमित स्रोत साधनमा राम्रो बनेको लाग्यो ।’ 

संगीतकार न्यूह बज्राचार्यले आफूले धेरैपछि सुन्ने खालको गीत पाएको बताए । ‘कतिपयले गीत नाच्ने खालको भएन भन्छन् । तर गीत सुन्ने हो भन्ने लाग्छ । गीत कानले सुनेर आनन्द लिने हो’ – बज्राचार्यले गीत भिडियोमा भन्दा अडियोमा राम्रो गर्नुपर्ने धारणा राखे । 

सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले पनि गीत राम्रो लागेको बताउँदै शुभकामना दिइन् । 

गायक रामकृष्ण ढकालले ‘नदी’ आफूलाई हिजोका दिनमा चिनाउने धारको मेलोडियस गीत भएको बताए । 

‘हिजो आज गीत अलि फाष्ट खालको, नाच्ने खालको बनाउने प्रचलन छ । तर, यो त्यो भन्दा फरक खालको गीत हो’ ढकालले भने, ‘मैले हिजोका दिनमा जुन खालको ट्रेन्ड फलो गरेँ र जसरी काम गर्दै आएँ यो मलाई चिनाउने सोही धारको गीत हो ।’

उनले यो जतिबेला सुन्दा पनि आनन्द आउने खालको गीत भएको बताए । ‘नचाउने, उफार्ने खालको गीत पनि गर्छु । यो सुन्दा आनन्द आउने खालको मेलोडियस गीत हो’ ढकालले भने । 

नव–मोडल पुनम भुषालले पहिलो भिडियोमै राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् । 

निर्देशक सागर ज्ञवालीले तामझाम नगरी गीतअनुसारको भिडियो बनाउने प्रयास गरेको बताए । 

नारायण जिसीको छायाँकन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो गायक रामकृष्ण ढकालकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x