२८ जेठ २०८३, बिहीबार
मन्त्रिपरिषद् बैठक

मिटरब्याज पीडितको माग पूरा गर्न सरकारले बनायो छानबिन समिति

मिटरब्याज पीडितको माग पूरा गर्न सरकारले बनायो छानबिन समिति

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
समितिमा पूर्वएआईजी उत्तमराज सुवेदी र डिआईजी गणेशबाबु अर्याल रहेका छन् । समितिलाई छानबिनका लागि ३ महिनाको समय दिइएको छ । यस्तै समितिको कार्यालय जनकपुरमा रहने तय भएको छ ।

शनिबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार मिटरब्याज पीडितको माग सम्बोधन गर्न बैठकले आवश्यक निर्णय गरेको हो।  

salt training

कमेन्ट गर्नुहोस्