१४ असार २०८३, आइतबार
उपनिर्वाचन

उपनिर्वाचन चितवन–२ : स्वतन्त्र १२ सहित २४ जनाको उम्मेदवारी दर्ता

उपनिर्वाचन चितवन–२ :  स्वतन्त्र १२ सहित २४ जनाको उम्मेदवारी दर्ता

चितवन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा १२ जना स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी परेको छ । सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म २४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेका अनुसार बर्णानुक्रमअनुसार स्वतन्त्र उम्मेदवारको रुपमा अम्बिका भट्ट, चक्रपाणि न्यौपानेको उम्मेदवारी परेको छ । यस्तै राष्ट्रिय मुक्ति आन्दोलनका छत्रकुमार पाख्रिन, राष्ट्रिय जनमोर्चाका जनकराज शर्मा, कांग्रेसका जितनारायण श्रेष्ठ, राप्रपाका जीव लाल पुरी, नेमकिपाका ज्ञानेन्द्र प्रजा, मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङ, स्वतन्त्रका तारा प्रसाद पौडेल र जय जन्मभूमि पार्टीका प्रेम बहादुर खड्काको उम्मेदवारी परेको छ । 

यसैगरी रास्वपाबाट रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारी, स्वतन्त्रबाट रामकृष्ण ओझा, एमालेबाट रामप्रसाद न्यौपानेलगायतको उम्मेदवारी परेको छ ।  

null

null

null

salt training

कमेन्ट गर्नुहोस्