
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले ७ वटै प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्षलाई मञ्चमा राखेर उम्मेदवारी घोषणा गरेका हुन् ।
उनको समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरू सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफु पुनः सोही समुहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।
यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । सो समूहबाट वस्तुगततर्फ उपाध्यक्ष र १४ सदस्यसहित प्यानलले नै उम्मेदवारी घोषणा गरेको छन् ।