२५ जेठ २०८३, सोमबार

विदेशबाट फर्किए लगत्तै ओलीले दिए राजपासँग प्रतिकारमा उत्रने संकेत

कात्तिक २०, २०७४
विदेशबाट फर्किए लगत्तै ओलीले दिए राजपासँग प्रतिकारमा उत्रने संकेत

काठमाडौं, १४ भदौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपाका कार्यकर्तासँग एमालेका कार्यकर्ता प्रतिकारमा उत्रने संकेत दिएका छन् ।

स्वास्थ्य उपचारका लागि थाइल्याण्ड पुगेका ओलीले स्वदेश फर्किए लगत्तै अब एमाले चुप लागेर नबस्ने बताएका हुन् । बुधवार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले अब एमाले चुप लागेर नबस्ने बताएका हुन् ।

साथै उनले राजपाका कार्यकर्ताहरुलाई राजनीतिक चरित्र देखाउन समेत आग्रह गरेका छन् । चुनावको मुखमा एमालेमाथि आक्रमण गरिएमा एमाले पनि चुनाव लागेर नबस्ने उनले चेतावनी दिएका हुन् ।

हिँजो एमाले नेता माधवकुमार नेपाल सहभागि कार्यक्रममा धनुषामा राजपाका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए ।

साथै उनले निर्वाचन आयोग र सरकारको पनि आलोचना गरेका छन् । एमाले नेता माधवकुमार नेपालले एमालेको चुनावी प्रचार गर्ने टोपी लगाएकोमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको थियो ।

निर्वाचन आयोग र सकारले ढुंगामुडा नदेख्ने तर टोपी देख्ने गरेकोमा ओलीले विरोध जनाए ।

salt training

कमेन्ट गर्नुहोस्