२७ असार २०८३, शनिबार

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै
फाइल फोटो

निर्वाचन आयोगले ३ क्षेत्रमा हुने उपनिर्वाचनको लागि आज बुधवार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । 

उपनिर्वाचनमा उम्मेदवारी दिएकामाथि परेको उजुरीको छानबिन गरेपछि आयोगले बुधवारै अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो । 

चितवन २, बारा २  र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि सोमवार उम्मेदवारी मनोनयन भएको थियो ।

मंगलवारसम्म आयोगले उजुरीको लागि समय दिएकोमा यसमाथि छानबिन गरी उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ । 

यसअघि नागरिकता प्रकरणमा सांसद पद खारेज भएका रवि लामिछानेमाथि फेरि पनि ४ वटा उजुरी परेका छन् । यी उजुरीमाथि छानबिन गरी आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको हो ।

चितवन जिल्ला निर्वाचन आयोगले उजुरीको छानबिन गरिरहेको छ । यसमा आवश्यक रायको लागि जिल्लाले निर्वाचन आयोगको केन्द्रमा सोध्ने पनि बुझिएको छ । 

वैशाख १० गते हुने उपनिर्वाचका लागि बारा, तनहुँ र चितवमा गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चर्चित र प्रभावशाली उम्मेदवार उठेका कारण यी ३ वटै क्षेत्रमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्