१३ असार २०८३, शनिबार

२६२२ औं भगवान महावीर जन्म कल्याणक महोत्सव सम्पन

२६२२ औं भगवान महावीर जन्म कल्याणक महोत्सव सम्पन

चैत्र २१ गते नेपाल जैन परिषदको आयोजना एवं विभिन्न धार्मिक एवं सामाजिक संघ संस्थाहरूको सहभागितामा २६२२ औं महावीर जन्म कल्याणक दिवस मनाइएको छ।

भगवान महावीरको जीवनी र उपदेशहरूमाथि प्रकाश भगवान महावीर जन्म कल्याणक महोत्सवलाई सञ्चारमाध्यमले पनि उपयुर्क्त स्थान दिएका थिए। 

भगवान महावीर जन्म कल्याणक समारोहको पूर्वसन्ध्यामा चैत्र १९ गते आइतवार पत्रकार सम्मेलन गरी प्रिन्ट र इलेक्ट्रोनिक मिडियालाई भगवान महावीर स्वामीको जीवनी र दर्शनबारे जानकारी गराइएको थियो। 

महावीर जन्म कल्याणक महोत्सवको अवसरमा चैत्र शुक्ल त्रयोदशीमा प्रिन्ट र इलेक्ट्रोनिक मिडियाबाट भगवान महावीर स्वामीको जीवनी र दर्शनका उल्लेखनीय सिद्धान्त एवं मान्यताहरू प्रकाशित भएका थिए।

उक्त अवसरमा राष्ट्रपति रामचन्द पौडेलबाट प्रदत्त संदेश प्रकाशित गरिएको थियो।

भातफेरि अहिंसा-शान्ति पद यात्रा पनि आयोजना गरिएको थियो। नगरपरिक्रमाका क्रममा विभिन्न संस्थाहरू एवं अहिंसावादी जनसमुदायद्वारा भगवान महावीरको भव्य मनोहरी तस्वीर, अनेकौं झाँकीहरू, नेपाल प्रहरीको व्याण्ड बाजा, विभिन्न संघ संस्थाहरूका ब्यानर तथा अहिंसा, विवेक, सत्य, शाकाहार तथा महावीर वाणीका प्लेकार्ड, जैन धर्मको पंचरंगी झण्डा, पताकाहरूसहित श्रद्धालु महिला तथा पुरुष धार्मिक संगीत तथा भजन गाउँदै र्‍यालीमा सहभागी भएका थिए। 

र्‍याली भगवान महावीर, अहिंसा र शान्तिसंग सम्बन्धित उदघोषहरूले आकाश गुञ्जायमान गर्दै भगवान महावीर जैन निकेतन, कमलपोखरीबाट शुभारम्भ भई नक्साल भगवती मन्दिर–सानो गौचरण– ज्ञानेश्वर–मैतीदेवी–डिल्लीबजार– चारखाल हुँदै पुनः भगवान महावीर जैन निकेतन पुगेको थियो ।

शोभा यात्राको शुभारम्भमा समणी निर्देशिका डा. निर्वाणप्रज्ञाले मंगल पाठ सुनाएका थिए। 

विशेष अतिथिमा दीपकराज गिरी, दीपाश्री निरौला र श्री शिवहरि पौडेललगायत कलाकार शुरुदेखि अन्तसम्म प्रभातफेरी र अर्चना सभामा उपस्थित थिए।

मुख्य समारोह अर्चना सभा समणी निर्देशका डा. निर्वाणप्रज्ञा एवं समणी श्री मध्यस्थप्रज्ञाको सान्निध्य एवं उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा भगवान महावीर जैन निकेतनमा प्रातः ९ः३० बजेदेखि आयोजना गरिएको थियो। 

कार्यक्रमको अध्यक्षता जैन परिषदका अध्यक्ष श्री महेन्द्र कुमार जैनले गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्