२९ जेठ २०८३, शुक्रबार

रवि लामिछानेको पासपोर्ट छानबिन नगर्ने निर्णयविरुद्ध रिटमाथि सर्वोच्चमा सुनुवाइ शुरु

रवि लामिछानेको पासपोर्ट छानबिन नगर्ने निर्णयविरुद्ध रिटमाथि सर्वोच्चमा सुनुवाइ शुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेको पासपोर्ट छानबिन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बहस शुरु भएको छ ।

न्यायाधीश हरि फुँयालको इजलासमा बुधवार दिउँसो सुनुवाइ शुरु भएको हो । 

लामिछानेको राहदानी दुरुपयोगको विषय छानबिन नगर्ने सरकारी निर्णयविरुद्ध युवराज सफलले सर्वोच्चमा रिट दिएका थिए ।

शुरूमा निवेदकको तर्फबाट अधिवक्ता राधिका खतिवडाले बहस शुरु गरेकी छन् । 

निवेदन पक्षलाई ४५ मिनेट र सरोकारवाला लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेललाई १५ मिनेट समय छुट्टाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्