२४ जेठ २०८३, आइतबार
राहदानी दुरुपयोगको मुद्दा

इजलासबाट न्यायाधीशको जवाफ– महान्यायाधिवक्ताको निर्णयमा ‘जुडिसियल रिभ्यु’ हुन्छ

चैत २२, २०७९
इजलासबाट न्यायाधीशको जवाफ– महान्यायाधिवक्ताको निर्णयमा ‘जुडिसियल रिभ्यु’ हुन्छ

महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयमा न्यायिक पुनरवलोकन हुन सक्ने कुरामा कुनै विवाद नरहेको न्यायाधीश हरि फुँयालले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन– २ का उम्मेदवार रवि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध युवराज सफलले दर्ता गरेको रिटमाथिको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले विगतका केही नजिर सुनाएपछि न्यायाधीश हरि फुँयालले महान्यायाधिवक्ताको निर्णयमा 'जुडिसियल रिभ्यु' हुनेमा विवाद नरहेको बताएका हुन् ।

‘यसमा विवाद छैन, अर्को तर्क प्रस्तुत गर्नुस्,’ इजलासबाट न्यायाधीशले भने । वरिष्ठ अधिवक्ता भण्डारीले द्वन्द्वकालमा मारिएकी काभ्रेकी मैना सुनुवार, कांग्रेसका तत्कालीन सांसद आफ्ताब आलम र नारायणसिंह राजपुतको उदाहरण दिँदै महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सुनुवाइ भएको दाबी पेश गरेका थिए । 

वरिष्ठ अभिवक्ता भण्डारीले भने, ‘रविले विदेशी नागरिकता त्यागेको निस्सा अध्यागमन या निर्वाचन आयोगलाई दिनुभएको छैन ।’

निवेदक पक्षका वकिलको बहस सकिएपछि लामिछानेको पक्षले १५ मिनेट बहस गर्न पाउने छन् ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले बहस गर्ने तयारी गरेका छन् ।

पोखरेलको निवेदनपछि रिट निवेदक पक्षलाई ४५ मिनेट र सरोकारवालाका रूपमा रविको पक्षलाई १५ मिनेट समय छुट्ट्याइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्