०८ असार २०८३, सोमबार

राप्रपाले तोक्यो ७ प्रदेशका संयोजक, कुन प्रदेशमा को ?

कात्तिक २०, २०७४
राप्रपाले तोक्यो ७ प्रदेशका संयोजक, कुन प्रदेशमा को ?
काठमाडौं १४ भदौ - राष्ट्रिय प्रजातन्त्र पार्टीले सात प्रदेशमा संयोजक तोकेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको कार्य सम्पादन समिति र पदाधिकारीहरुको संयुक्त बैठकले सात प्रदेशमा संयोजक तोकेको हो ।


प्रदेश नम्बर १ मा महामन्त्री राजेन्द्र लिङ्गदेन, प्रदेश २ मा केन्द्रीय सदस्य गंगा प्रसाद यादव, प्रदेश ३ मा उपाध्यक्ष बुद्धिमान तामाङ्ग, प्रदेश नम्बर ४ मा सहमहामन्त्री हेमजंग गुरुङ्ग, प्रदेश नम्बर ५ मा महामन्त्री डा.धवलशम्शेर जबरा, प्रदेश ६ मा केन्द्रीय सदस्य मुकुन्दश्याम गिरी र प्रदेश ७ मा महामन्त्री जयन्त चन्द तोकिएका छन् ।

राप्रपा बैठकले ७५ जिल्लाको संगठनात्मक अवस्था, २ नं. प्रदेशको निर्वाचनको तयारी, प्रदेश र संघको निर्वाचनको रणनीति, वडा वडामा राप्रपा, मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, स्थानीय तहका अध्यक्षहरुको सम्मेलन, बृहत सनातन धर्म सम्मेलन, प्रशिक्षण कार्यक्रम, भातृ संगठनको अधिबेशन, हिन्दुत्व जागरण सभा लगायतका कार्यक्रमहरुका विषयमा विस्तृत छलफल गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्