०२ साउन २०८३, शनिबार
सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धनको बैठक बालुवाटारमा

सरकारका न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धनको बैठक बालुवाटारमा

सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । 

नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम् साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।

सहमति जुटेपछि कार्यक्रम सार्वजनिक गर्ने तयारी गठबन्धनले गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनमा रहेका दलका नेताहरू सहभागी छन् । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएर कांग्रेस सहभागी भएपछि दोस्रो पटक सरकारका न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।

जनतालाई तत्काल राहत दिने कार्यक्रम समावेश गरेर बिहीवार नै कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो । 

salt training

कमेन्ट गर्नुहोस्