२८ जेठ २०८३, बिहीबार

सामाजिक विषयको परीक्षामा सहभागी ५२ जना नक्कली परीक्षार्थी पक्राउ

चैत २३, २०७९
सामाजिक विषयको परीक्षामा सहभागी ५२ जना नक्कली परीक्षार्थी पक्राउ

एसईईको परीक्षामा सहभागी ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटको सरस्वती नमूना माविको परीक्षा केन्द्रबाट उनीहरू पक्राउ परेका हुन् ।

सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

‘नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डीएसपी दाहालले भने, ‘घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ ।’

सेटिङमै परीक्षा भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्